• १३ साउन २०८१, आइतबार

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

blog

प्रतिनिधिसभा बैठकमा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँती । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउनुहुँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभयो । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको उहाँले बताउनुभयो ।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको छ भने अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री किराँतीले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बललगायतका निकाय खोजी कार्यलाई निरन्तर दिइरहेको बताउनुभयो ।