• १३ साउन २०८१, आइतबार

'स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्ट' सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस ३० गते । प्रथम स्टार्टअप विजनेश तथा इन्टरटेन्मेन्ट फेष्टमा पाँचहजार नयाँ व्यवसाय र व्यापार गर्न चाहने व्यक्तिहरूले चासो व्यक्त गरेका छन् ।

एटलान्टिक इटरनेशनल कलेजले व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्न शुक्रबार एकदिने फेष्टमा पच्चीस स्टलहरू राखेका थिए । 

अवलोकन तथा मेला आयोजनाले उद्योग तथा व्यापार व्यवसायमा लाग्न चाहनेहरूलाई मार्गनिर्देशन भएको कलेजका प्राचार्य शंकरनाथ अधिकारीले बताउनुभयो । 

बिबिए तथा बिबिए–बैङ्किङ र इन्सुरेन्स विषयमा तीन हजारभन्दा बढी जनशक्ति उत्पादन गरेको पनि जानकारी गराउनुभयो ।

विभिन्न क्षेत्रमा सम्भावित व्यापार तथा व्यवसायहरूको पहिचान गरी त्यसलाई उद्योग तथा व्यापार क्षेत्रमा अवगत गराउनु यस मेलाको उद्देश्य रहेको मेलाको संयोजक धुब्रप्रसाद सुवेदीले बताउनुभयो ।