• ८ असार २०८१, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै

blog

राष्ट्रिय सभा बैठक । फाइल तस्बिर

काठमाडौं, पुस २९ गते । सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।