• १२ असोज २०८१, शनिबार

जलेर घाइते एक वृद्धाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस २६ गते । आगो ताप्ने क्रममा जलेर घाइते बन्नुभएकी झापाकी एक वृद्धाको मङ्गलबार दिउँसो ज्यान गएको छ ।  

झापाको कचनकवल गाउँपालिका वडा नं १ कुटी बस्ने वर्ष ७० कि हेमप्रभा माझीको  ज्यान गएको हो ।

आइतबार बिहान घर बाहिर पराल बाली आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भाग जली माझी घाइते बन्नुभएको थियो ।

घाइते माझीको उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचार सम्भव नभएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।