• १५ असार २०८१, शनिबार

सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्दै

blog

फाइल फाेटाे

काठमाडौं, असोज २५ गते । सत्ता गठबन्धनको बैठक दिउँसो २ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित बस्ने उक्त बैठकमा आगामी निर्वाचनको उम्मेदवार तथा बागी उम्मेदवार सम्बन्धमा छलफल गरिने देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो  ।

जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिसकेको अवस्थामा गठबन्धनका शीर्ष नेताहरूको सहभागितामा बैठक बस्न लागेको उहाँको भनाइ छ ।