• १५ असार २०८१, शनिबार

एमाले नेता महेश बस्नेतद्वारा भक्तपुर २ मा उम्मेद्वारी दर्ता

blog

गाेरखापत्र अनलाइन

भक्तपुर, असाेज २३ गते । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ । भक्तपुरको प्रतिनिधिसभा २ नम्बरबाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको हो । 

अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका नेता बस्नेत उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि भक्तपुरको आवाज संसदमा मुखरित भएको बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगीकरणका साथै नयाँ सहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

उहाँले सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताउनुभयो ।