• ११ असोज २०८१, शुक्रबार

झापा ३ मा कृष्णप्रसाद सिटौला र १ मा अग्नि खरेलको उम्मेदवारी दर्ता

blog

झापा क्षेत्र नं. १ मा उम्मेद्वारीपछि सामूहिक तस्बिर खिचाउँदै अग्नि खरेल सहितका उम्मेदवारहरु ।

विष्णुप्रसाद पोखरेल

दमक, असोज २३ गते । झापाको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ काठमाडौँमा रहेकाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभएको बताइएको छ ।

झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका नेता अग्नि खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्व महान्यायाधिवक्ता समेत रहनुभएका खरेलले अन्तिम समयमा झापा १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको २ नम्बरबाट उम्मेदवारी दर्ता गराउने चर्चा रहेको थियो ।

खरेलसँगै प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा एमाले केन्द्रीय सदस्य रविन कोइराला र (ख) मा राप्रपाकी नेतृ सविना बजगाईँले उम्मेदवारी दर्ता गराउनुभएको छ । यहाँ राप्रपा र नेकपा एमालेको चुनावी तालमेल भएको छ ।