गणेश खनाल
अर्घाखाँची, असोज १६ गते । जिल्लाको सन्धिखर्क नगरपालिका ९ नौलापानीस्थित थेरवाङको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएका छन् ।
जङ्गलको बीचमा रहेको पोखरीमा मृत अवस्थामा २७ बाँदर भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर दीपक पाण्डेले बताउनुभयो ।
बाँदर यति ठूलो सङ्ख्यामा कसरी मरे भन्नेबारे अनुसन्धान भइरहेको वन कार्यालय जनाएको छ ।
पाण्डेका अनुसार अर्घा गाउँबाट थेरवाङ जङ्गलमा रहेको पोखरीमा पुग्न डेढ घण्टा हिँड्नुपर्छ । मरेका बाँदरलाई खाडल खनेर गाडिएको पाण्डेले जानकारी दिनुभयो ।