१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?
सुरेन्द्र भट्टराई
– मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको ।
– ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालका तर्फबाट भट्टराई सम्मानित हुनुभएको ।
२. सञ्चारकर्मी रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन् ?
वि.सं. २०७९ असार ७
– सङ्घ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका ।
– केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा बढी युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा सहभागी हुने बताइएको ।
३. अन्तर्राष्ट्रिय सङ्गीत दिवस कहिले मनाइन्छ ?
जुन २१
– सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।
– नेपालमा वि.सं. २०५५ देखि यो दिवस मनाउन थालिएको ।
४. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?
युजेनिक्स
५. नेपालका प्रमुख पर्यटकीय गन्तव्य एवं सोसँग सम्बन्धित विविध गतिविधि समेटिएको एपलाई के भनी चिनिन्छ ?
वेलकम नेपाल
६. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
सुमन सत्याल
७. गोल्डन रुल भन्नाले के बुझिन्छ ?
कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू ।
८. ‘लिच्छवि लिपि’ नामक कृतिका लेखक को हुन् ?
डा. नयनाथ पौडेल
९. हाल (मे २०२२) नेपालका लागि भारतीय राजदूत को नियुक्त भएका छन् ?
नवीन श्रीवास्तव
– भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया डिभिजनका प्रमुख श्रीवास्तव सन् २०१५ देखि १०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका ।
– उनी अमेरिका, चीन र हङकङमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरेका ।
१०. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?
पौडीकी ओलम्पियन गौरिका सिंह र व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल
– अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेकी ।
– त्यस्तै सन् २०२२ को पुरुषतर्फ उत्कृष्ट भएका व्याडमिन्टनका दाहालले एनओसी अवार्ड प्राप्त गरेका ।
११. मन्ट्रियल महासन्धि कहिले जारी भएको हो ?
सन् १९९९ मे ८
– (यो सन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको ।)
१२. लमजुङ जिल्लास्थित डादीखोलामा निर्माण गरिएको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
३० मे.वा.
– न्यादी जलविद्युत् आयोजनाले २०७९ वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको ।
– सो आयोजनाले वैशाख २७ देखि उत्पादित विद्युत् शुल्क पाउने गरी २०७९ असार ७ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको ।
– आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको ।
१३. काठमाडौँको मौसम सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ कहिले सार्वजनिक गरियो ?
वि.सं. २०७४ चैत १५
१४. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
वि.सं. २०७५ भदौ १८
– प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद ८ को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।
– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।
१५. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
वि.सं. २०७४ जेठ १७
१६. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
रौतहट (१६ वटा)
१७. भृकुटी कागज कारखाना कहिलेदेखि बन्द भएको हो ?
वि.सं. २०६७
– वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो ।
– यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
१८. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?
सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ (आयोजक : कतार)
– यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र :
– एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक कतार, साउदी अरब, जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया,
– युरोप : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।
– उत्तर तथा मध्य–अमेरिका : क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका ।
– दक्षिण अमेरिका :ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर । यस पटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा छनोट हुन नसकेका ।
– अफ्रिका :घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन ।
१९. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?
अफ्रिका
२०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
वाणिज्यमन्त्री वा राज्यमन्त्री
२१. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
प्लुटो
२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
धर्म कचहरी
२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
कृषि
२४. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
१४ प्रतिशत
– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।
२५. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?
कार्ल–विलहेल्म शिले (सन् १७७४)
– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)
२६. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
काठमाडौँ
– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)
२७. सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान घोषणा कहिले गरेको हो ?
वि.सं. २०७५ असार २२
२८. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?
चीन
२९. भारतीय प्रिमियर लिग (आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो ?
गुजरात टाइटन्स
– राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात पार्न सफल भएको ।
– उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले २० करोड भा.रु. पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको । तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स
बैङ्गलोरले सात करोड भा.रु. पुरस्कार प्राप्त गरेको ।
– लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त गरेको ।
– राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै पुरस्कार रकम हात पारेका ।
– फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त गरेका ।
३०. यस वर्षको इच्छुक स्मृति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?
प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी (संयुक्त रूपमा)
– पुरस्कारको राशि रु. एक लाख रहेको ।
– यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८ काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको ।
– जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको ।
– यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान गर्दै आएको ।
प्रस्तुतकर्ता : टंक के.सी.