• ७ जेठ २०८१, सोमबार

सर्पकाे टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु

blog

शिवराज ढुङ्गाना 

अछाम, जेठ ३१ गते । सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मङ्गलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो । 

सोमबार राति सुतेको अवस्थामा सर्प घरभित्र पसेर करिब १० बजेतिर डसेपछि बिहान अस्पताल ल्याउन तयारी गरिरहेकै बेलामा रामपुराको मृत्यु भएको हो । सर्पले डसेपछि सञ्चो बनाउने भन्दै परिवारले गाउँमै झारफुक गराएको बताइएको छ । झारफुकमा सञ्चो नभएपछि मङ्गलबार बिहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको हो । 

‘राति सर्पले टोक्यो, एम्बुलेन्स चाहियो भनेर मलाई बिहान ८ बजे खबर आयो, म एम्बुलेन्सको लागि खबर गर्दै थिएँ, १५ मिनेटपछि त मृत्यु भइहाल्यो भनेर खबर आइहाल्यो ।’ वडाध्यक्ष हेमबहादुर शाहीले भन्नुभयो । 

छ महिनाको गर्भवती रहेका रामपुराका एक छोरा, एक छोरी छन् । मृतकका श्रीमान् शारीरिक रुपमा अस्वस्थ रहेको बताइएको छ । 

तलकाे याे समाचार पनि पढ्नुहाेला, तलकाे लिंक क्लिक गरेर पढ्न सकिन्छ ।

सर्पले किन टोक्छ ? सर्पले टोक्नासाथ मृत्यु हुन्छ ?