• १८ असार २०८१, मङ्गलबार

‘सिल्ली फो’को प्रदर्शन अर्को महिना

blog

काठमाडौँ (गोरखापत्र), जेठ ३१ गते । राजबहादुर साने निर्देशित चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । हाँस्य कथावस्तुमा निर्माण भएको चलचित्रमा नायिका केकी अधिकारी मुख्य पात्रका रूपमा हुनुहुन्छ । उहाँले यस चलचित्रमा अभिनयमा सङ्घर्ष गरिरहेकी एक युवतीको भूमिका निर्वाह गर्नुभएको छ । 

अधिकारीले भन्नुभयो, ‘चलचित्रमा मैले निर्वाह गरेको चरित्र सङ्घर्ष गरिरहेको एक युवतीको हो । पात्रको सङ्घर्षले मलाई सुरुवाती दिनहरू याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले सिनेमामा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ 

सो चलचित्रमा राजाराम पौडेल, रवीन्द्र झाले, धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछानेलगायतको पनि अभिनय रहेको छ । मनोज डीके निर्माता रहेको चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।