• १८ असार २०८१, मङ्गलबार

आईजीपी बढुवाविरुद्ध मुद्दाको पेशी असार ५ गते

blog

काठमाडौं, जेठ ३० गते । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दाको पेशी आगामी असार ५ गतेका लागि तोकिएको छ ।

सर्वोच्चका प्रवक्ता बिमल पौडलले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा रोखर असार ५ गते सुनुवाइको मिति तोकेको जानकारी दिनुभयो ।

सोमबार कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीक चुडालको संयुक्त इजलासमा आईजीपी बढुवाविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।

गत वैशाख १८ गते मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा  बढुवा गरेकोविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।