• १५ असार २०८१, शनिबार

वर्षा अगावै सडकको दुर्दशा

blog

बर्खा अगावै हिलाम्मे साँफे मार्तडी अम्कोट सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ, २० गते । बाजुराको साँफे मार्तडी लोगकमार्ग र्खा नलाग्दै हिलाम्मे बनेको छ । वैशाख, जेठ महिनामा परेको थोरै पानीका कारण सो सडकमा तलमाथिबाट पहिरो बग्नथालेपछि हिलाम्मे बनेको हो  ।

साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडक निकै अस्थव्यस्थ रहेका छन् । साँफे मार्तडी लोकमार्ग अन्तगर्त पर्ने दर्जनौ स्थानका सडक यसरी र्खा सुरु नुहँदै हिलाम्मे भएपछि  स्थानीयलाई  आवागमनमा समस्या हुन थालेको  छ । काम चलाउँ गरेको सकडमा अलिकति पानी परेपछि पहिरो बग्ने र सडक अवरुद्ध हुने गर्दछ । 

सडक  कार्यालय अछामले सो सडक मर्मत गर्दै आएको भएपनि कालोपत्रे हुन नसक्दा वर्खाको समय त के ? हिउँदमा पनि थोरै पानी पर्ने वित्तिकै अवरुद्ध हुने गर्दछ  । गत वर्ष साउनमा आएको ठुलो झरीका कारण लोकमार्ग सहित बाजुराका दर्जनौ सकड अस्तव्यवस्त बनेको छ । सो सडकको तलमाथिबाट पहिरो बग्न थालेपनि अवस्था निकै दयनीय भएको छ । भत्किए ती सडक अहिले सम्म कालोपत्रे त के ? राम्रो सँग पनि मर्मत गर्न सकिएका छैनन् ।

ती सडक राम्रोसँग निर्माण नहुनु र त्यसको दिर्घायुरुपमा रहने गरी निर्माण कार्यमा कसैको ध्यान ननजानुले ती सडक अहिले सम्म अस्तव्यस्थमै रहेका हुन् । बाजुराका पूर्वी उत्तरी क्षेत्रमा रहेको मार्तडी देखि कोल्टी सडकको अवस्थामा पनि उस्तै रहेको छ ।सो सडकको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अहिले सम्म सडक निर्माण कार्य सम्पन्न गर्न सकेको छैन् । २०७६ सालमा मार्तडी कोल्टी सडकलाई कालोपत्रे गर्नका लागि दुइवटा कम्पनीले ठेक्का लिएको छ । 

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले  चुथी देखि ढम्कने सम्मको झण्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा ठेक्का लिएको पुर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले मार्तडी देखि चुथी सम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको समय २०७९ असार मसान्त सम्म छ ।’’

यता चुथी देखि ढम्कने सम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेक्का लिनुभएका यज्ञ शाहीले तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि फेरी २०७८ चैत सम्म म्याद थप गरिएको थियो । ढम्कने देखि कोल्टीसम्मको सडक कालोपत्रे गर्ने समय भने २०८१ सम्म रहेको पुर्वाधार विकास कार्यालय अछामका बाजुरा इन्चार्ज धामीले बताउनुभयो । यता ठेकदारको लापर्बाहीले मार्तडी देखि कोल्टी सडकको कालोपत्रे गर्ने काममा निकै ढिलाइ भएको स्थानीयको गुनासो छ । 

मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि झण्डै ८५ करोडमा ठेक्का लिने दुइ कम्पनीले झण्डै २३ करोड पहिलो किस्ता भुक्तानी लिएपनि निमार्ण कार्यमा भने निकै ढिलाइ गरेका छन् । अविरल बर्षाका कारडा बाटो बन्द हुँदा सामान ढुवानीमा समस्या आएकोले तोकेको समयमै सडकको कालोपत्रे गर्न नसकेको ठेकेदार कम्पनीको भनाइ छ ।

काम सुरु गरेको दुइ वर्ष भयो, यो दुइ वर्षमा कोरोनाको कहर र अविरल वर्षातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न नसकेपछि कालोपत्रेको काममा ढिलाई भएको धुलिखेल ग्याल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंका प्रतिनिधि दिपेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ को असार सम्म काम सम्पन्न गर्छु, भनेर २०७६ कात्तिकमा हामीले यो काम गर्नका लागि ठेक्का लिएका थियौं । अहिले हाम्रो झण्डै ७० प्रतिशत  काम भइसकेको छ ।बाँकी काम २०७९ को असार मसान्तसम्म सम्पन्न गर्छुु ।’’

बानीयाँ कोेटेश्वर जेबी हेटौंडा प्रालिका प्रतिनिधि विष्णु रावतले बाक्लो हिम्पातका कारण बाटो अवरुद्ध भएपछि काम गर्न समस्या भएको बताउनुभयो । मार्तडी कोल्टी सडक निर्माण कार्यका लागि तीन जनाले ठेक्का लिएको भएपनि सो सडकको कालोपत्रे गर्ने काम भने बल्ल सुरु गरिएको बडिमालिका नगरपालिका स्थानीय बलबहादुर थापाले बताउनुभयो ।

मार्तडीको बसपार्क देखि चुथी सम्मको ९ किलो मिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का र चुथी देखि ढम्कने सम्मको ६ किलो मिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टी सम्मको २६ किलो मिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानीयाँले जिम्मा लिनुभएको छ । ठेकेदारको लापरवाहीका कारण बाजुराको सडक निर्माणको कार्यले तीव्रता नपाएको थापाले बताउनुभयो । साँफेमार्तडी लोगकमार्गको सबैभन्दा बढी खतरा अम्कोट सडकमा रहेको छ । त्यो सडकमा अहिले पनि निरन्तर पहिरो बग्नथालेको छ । 

पहिरोका कारण सडक अवरुद्ध हुँदा बाजुराका स्थानीयले सँधै सास्ती खेप्दै आउनु परेको छ । हिउँदमा नै सडकको अवस्था निकै कम्जोर भएकोले त्यसलाई राम्रोसँग मर्मत गर्नका लागि सडक डिभिजन कार्यालय अछामलाई जानकारी गराएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रशास चन्द्र अधिकारीले बताउनुभयो ।