• ६ चैत २०८१, बुधबार

रमाइलोमा बहुमुखीमा क्रान्तिकारी र खदममा अनेरास्ववियू विजयी

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, चैत ५ गते । मोरङको कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) र केरावारीको खदम क्याम्पसमा अनेरास्ववियूका उम्मेद्वार विजयी भएका छन् ।

रमाइलो बहुमुखी क्याम्पसका निर्वाचन समिति सदस्य जङ्गबहादुर बोहोराका अनुसार अनेरास्ववियू क्रान्तिकारीले अध्यक्षबाहेक अरु पदमा जित हासिल गर्न सकेन ।  क्रान्तिकारीका अध्यक्षका उम्मेद्वार अनीष कार्की ५६ मत प्राप्त गरी विजयी हुनुभयो । नेविसङ्घका मनोज कार्कीले ५५ मत पाउँदा अनेरास्ववियूका उम्मेद्वार उपेन्द्र पौडेलले ४८ मत प्राप्त गर्नुभयो । 

यस्तै सचिवमा स्वतन्त्र उम्मेद्वार शिशिर कोइराला विजयी हुनुभयो । कोइराला ६२ मत पाएर विजयी हुनु भएको हो । सचिवमा अनेरास्ववियूका उम्मेद्वार सिर्जना बुढाथोकीले ४८ र नेविसङ्घका जितेश खड्काले ४५ मत प्राप्त गर्नुभयो । 

यस्तै, कोषाध्यक्षमा अनेरास्ववियूकी विनादेवी पाण्डे ५३ मत पाई विजयी हुनु भयो । कोषाध्यक्षमा नेविसङ्घकी मन्दिरा चापागाईंले ५१ म्त र क्रान्तिकारीका रिपुमर्दन गिरीले ४८ मत पाउनु भयो । 

 सदस्यमा नेविसङ्घकी पुष्पा थापाले ५६ मत, अनेरास्ववियूका विनिता बस्नेतले ५५ र रविन भण्डारीले ५४ मत प्राप्त गर्नुभयो । १७२ जना विद्यार्थी रहेको रमाइलो बहुमुखी क्याम्पसमा १५७ मत खसेको थियो । 

उता केरावारीको खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्वियूका उम्मेद्वार  अध्यक्षमा निर्वाचित हुनुभयो । अनेरास्ववियुका संगम कन्दङवा विजयी हुनुभएको हो । विजयी हुनु भएका अनेरास्ववियुका सङ्गम कन्दङवा निर्वाचित  ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइटेलले २८ मत प्राप्त गर्नुभयो । त्यसैगरी कोषाध्यक्षमा संयुक्त गठबन्धनबाट कोषाध्यक्षका उम्मेद्वार बन्नु भएका फेमस बराइलीलाई हराउँदै अनेरास्ववियुका सन्देश भण्डारी विजयी हुनुभयो । भण्डारीले ५८ मत प्राप्त गर्दा बराइलीले २९ मत पाउनु भयो । खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।