• १२ असार २०८१, बुधबार

दार्चुलामा बृहत साहित्यिक महोत्सव

blog

लोकेन्द्र जोशी

दार्चुला, जेठ १४ गते । दार्चुलामा दुई दिने बृहत साहित्यिक महोत्सवले रौनकता छाएको छ । दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो ।

अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरलगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिवस्हरुको उपस्थिति छ । 

महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताउनुभएको छ ।

महोत्सवमा शिक्षकद्वय नरेन्द्र बडाल र लाकेन्द्रबहादुर बमको संयुक्त मुक्तक संग्रह ‘छुटेका यादहरु’ विमोचन गरिएको छ । यस्तै साहित्यकार किशन धामीको अंग्रेजी संस्करण एटलान्टिकका भंगालहरुको पनि विमोचन गरिएको लेकम लोकेन्द्र बमले बताउनुभयो ।

जिल्ला बाहिरबाट आएका लेखक र साहित्यकारहरुले दार्चुलाको मौलिक कला र संस्कृतिको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।