• ९ पुस २०८१, मङ्गलबार

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

राष्ट्रपतिद्वारा संसद् बैठकलाई सम्बोधन (लाइभ)

blog

काठमाडौं, जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

सम्बोधनको क्रममा उहाँले कोभिड–१९ मा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकारले कोभिड नियन्त्रणका लागि सम्भव सबै प्रयास गरिरहेको बताउनुभयो । उहाँले सरकारले चालेको खोप अभियानबाट पहिलो चरणको खोप लगाउने नागरिकको सङ्ख्या ९६ प्रतिशत पुगेको र पूर्ण खोप लगाउनेको सङ्ख्या ८५ प्रतिशत छ भन्नुभयो ।

सरकारले तीव्र आर्थिक वृद्धि हासिल गर्ने गरी अगाडि बढिरहेको छ भन्दै राष्ट्रपतिले आन्तरिक साधनको प्रयोगलाई परिचालन गरिनेछ, राष्ट्रपतिले सम्बोधनको क्रममा बताउनुभयो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।