• ५ जेठ २०८१, शनिबार

चार गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण

blog

देवरामप्रसाद यादव
सप्तरी जेठ ७ गते ।
सप्तरीको अग्निसाइर कृष्णासवरन, तिलाठी कोइलाडी, महादेवा र विष्णुपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण गर्नुभएको छ ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष–उपाध्यक्षसहित जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाद्वारा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरीसहितका जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उपाध्यक्षसहित निर्वाचित जनप्रतिनिधिलाई सपथग्रहण गराई पदस्थापना गराउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पदभार ग्रहण गरी गाउँपालिकामा पुग्नुभएको अध्यक्ष चौधरीलाई कर्मचारीले स्वागत गर्नुभएको छ ।

यसैगरी वडा नम्बर १ मा एमालेबाट अध्यक्षमा सबदुल खलिफा, २ मा माओवादी केन्द्रबाट अध्यक्षमा पशुपतिप्रसाद चौधरी, ३ मा नेपाली काँग्रेसबाट अध्यक्षमा गोपालप्रसाद चौधरी, वडा नम्बर ४ अध्यक्षमा काँग्रेसबाट तेजनारायण यादव, वडा नम्बर ५ मा एमालेबाट अध्यक्षमा मो. सवजुल मियाँ र वडा नम्बर ६ अध्यक्षमा काँग्रेसबाट अशोक आचार्य निर्वाचित हुनुभएको थियो ।

यसैगरी, सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव ,उपाध्यक्ष रेणुकुमारी यादवले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नभएको छ ।

यसैगरी, तिलाठी कोइलाडी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय तिलाठी कोइलाडी गाउँपालिकाद्वारा एक समारोहका बीच निर्वाचन अधिकृत स्वतन्त्र न्यौपानेले नवनिर्वाचित अध्यक्ष अरुणकुमार मण्डल, उपाध्यक्ष फूलकुमारी साहलगायत वडा अध्यक्षहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

यसैगरी, महादेवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहलाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय महादेवा गाउँपालिकाद्वारा एक समारोहका बीच निर्वाचन अधिकृत शालीराम काफ्लेले नवनिर्वाचित अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अर्चना कुमारी यादवलगायत वडा अध्यक्षहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।