• ३० वैशाख २०८१, आइतबार

एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ७ गते  । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शुक्रबार एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण खेल्न २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ ।

प्रशिक्षक अल्मुताइरीसँगको मनमुटावपछि टिम बाहिर रहेका दस सिनियर खेलाडीसँगै कप्तान किरण चेम्जोङलाई पनि टिममा सामेल गरिएको छैन ।

रोहित चन्द, अनन्त तामाङ, विमल घर्तीमगर, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ र दिनेश राजवंशीजस्ता नियमित खेलाडी विवादका कारण टिममा पर्नुभएको छैन । कुवेतमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालले जुन ८ मा जोर्डन, 

जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टिममा तीन गोलरक्षक दीप कार्की, विशाल सुनार र टेकेन्द्रसिंह थापा रहनुभएको छ । यसैगरी डिफेन्डरमा विकास खवास, विकेश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल हुनुहुन्छ । आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङडेम्ब, सुनील बल र सुरजज्यू ठकुरी मिडफिल्डरको भूमिकामा रहनुहुनेछ । फरवार्डमा आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।