• ९ पुस २०८१, मङ्गलबार

कृष्णनगर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

नारद कोहार

तौलिहवा, जेठ ६ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा रजतप्रताप शाह र  उपमेयरमा कांग्रेसकै आरती चौधरी निर्वाचित हुनुभएको हो ।

कृष्णनगरको मेयरमा निर्वाचित शाहले राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई १ हजार ४९४ मतले पराजित गर्नुभयो । शाहले ५ हजार ६०६ मत ल्याउँदा  राप्रपाका रजौरीयाले ४ हजार ११२ मत प्राप्त गर्नुभएको हो । 

निर्वाचित भएका शाह २०७४ को निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुखमा विजयी हुनुभएको थियो । शाह केही महिना पहिले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

उपप्रमुखमा निर्वाचित कांग्रेसकी चौधरीले ५ हजार ६९१ मत ल्याउदा उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)की आरती सिंह यादवले ३ हजार २८२ मत प्राप्त गर्नुभएको हो । कृष्णनगर नगरपालिकामा १२ वटा वडा छन् । जसमध्ये कांग्रेसले तीन, एमाले तीन, जसपाले दुई, माओवादीले दुई, राप्रपा र बहुजन शक्ति पार्टी एक–एक वडामा विजयी भएका छन् ।