• ४ जेठ २०८१, शुक्रबार

कैलालीको बर्दगोरिया अध्यक्षमा एमालेका कुँवर विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ ३ गते । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कर्ण कुँवर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई एक हजार ६५६ मतान्तरले पराजित गरी उहाँ अध्यक्षमा विजयी हुनु भएको हो । 

विजयी कुँवरले पाँच हजार ४८२ र पराजित हुनुभएका कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेशराज गिरि चार हजार ५६९ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँले नेकपा (एमाले) का उम्मेदवार इन्दु कठरियालाई ३१४ मतान्तरले पराजित गर्नुभयो । 

पराजित हुनु भएकी कठरियाले चार हजार २५५ मत प्राप्त गर्नुभयो । सो पालिकामा जम्मा १४ हजार ९४३ मत खसेको थियो ।