शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङमा गौवध मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई फरार भएका व्यक्तिलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयल ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार फरार व्यक्तिलाई लुकिछिपी बसिरहेको अवस्थामा फुङ्लिङ नगरपालिका–५ बाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–३ का ३२ वर्षीय व्यक्त रहेका र प्रतिवादीको नाम भने प्रहरी गोप्य राखेको छ ।
गौवध मुद्दामा दोषी ठहर गर्दै ती व्यक्तिलाई ताप्लेजुङ जिल्ला अदालतले २०७६ जेठ १६ गते छ महिना कैद सजाय हुने फैसला सुनाएको थियो । प्रहरी निरीक्षक यादवका अनुसार अदालतको सो फैसलापछि प्रतिवादी फरार भएका थिए ।