• १९ असार २०८१, बुधबार

तनहुँको भानु–१३ मा वडाध्यक्षमा बागी उम्मेदवार अधिकारी विजयी

blog

अमरराज नहर्की
तनहुँ, जेठ २ गते ।
तनहुँको भानु नगरपालिका–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।

कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामबहादुर बानियाँभन्दा ५६ मत बढी प्राप्त गरी विजयी हुनुभएको हो ।

बानियाँ सो वडाको निवर्तमान वडाध्यक्ष हुनुहुन्छ । विजेता अधिकारीले ५२१ मत प्राप्त गर्नुभयो भने बानियाँले ४६५ मत प्राप्त गर्नुभयो ।

सो वडामा कांग्रेसको तीन जनाको वागी उम्मेदवारी परेको थियो । अर्का स्वतन्त्र उम्मेदवार सिताराम बानियाँले दुई सय दश मत प्राप्त गर्नुभएको थियो । कांग्रेसकै कृष्ण गुरुङले पनि वागी उम्मेदवारी दिनुभएको थियो । वडा सदस्यहरुमा सबै कांग्रेसले जितेको छ ।

महिला सदस्यमा सकिना खातुनले ६७९ दलित महिला सदस्यमा शान्ता मौरतीे ६३६, खुला सदस्यमा चन्द्र विवश गुरुङले ६५३ र भिमसेन अधिकारीले ५७५ मत प्राप्त गर्नुभएको छ ।