• ८ मंसिर २०८१, शनिबार

भेरी ११ मा काँग्रेसबाट जैसीको प्यानल विजयी

blog

बासुदेव शर्मा

जाजरकोट, जेठ २ गते । जाजरकोटको भेरी नगरपालिका ११ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद जैसीको पुरै प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर नेपालीलाई २ मतको मतान्तरले पछि पार्दै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो ।  

काग्रेसका उमेदवार जैसीले ४ सय ५८ मत प्राप्त गरी विजय हुनुुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपालीले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ ।  काग्रेसको पकड मानिएको भेरी ११  सहिद लक्ष्मीप्रसाद आचार्यको भुमी हो । 

उता नलगाड ४ को वडा अध्यक्षमा काग्रेसबाट उमेदवार बनेका बद्री पन्तको प्यानलसहित वडा अध्यक्षमा वियजी भएको छ  । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुमान रावललाई पराजित गर्दै पन्तको प्यानल नै विजय भएको हो । 

पन्तले ५ सय ४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो भने उहाँका निवकटतम प्रतिस्पर्धी गुमान रावलले ३ सय ५० मत प्राप्त गर्नुभएको छ । 

वडा अध्यक्षमा निर्वाचित पन्त क्रियाशील पत्रकार पनि हुन् । पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, रेडियो नेपालमा आबद्ध हुनुहुन्थ्यो । सहयोगी र सरल स्वभावका धनि पन्त फराकिलो मतकासाथ वडा अध्यक्षमा विजयी हुनु भएको छ ।