• १९ असार २०८१, बुधबार

बुलिङटारमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

blog

बुलिङटार अध्यक्षमा विजयी दीपेन्द्र सुनारीमगर । तस्बिर : गोरखापत्र

मीना कंडेल

कावासोती, जेठ २ गते   नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा एमालेले ऐतिहासिक जीत निकालेको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नु भएका २८ वर्षीय दीपेन्द्र सुनारीमगरले ४०५९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी शशिकिरण बस्ताकोटीले ३९०० मत प्राप्त गर्नुभएको हो । सुनारीले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शशिकिरण बस्ताकोटीलाई एक सय ६० मतान्तरले पराजित गर्नुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका दिलमाया रानामगरले ४२३९ मत ल्याई विजयी हुनु भएको छ । नेकपा एमालेका भुमिका खण्डलुकलाई ७२० ले पराजित गर्नु भएको हो । 

नेपाली कांग्रेसको गढ मानिने , विपी पुत्र शशांक कोइरालाको पकड क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार दिपेन्द्र सुनारी विजयी हुनुभएको छ । तीन दशक देखिको कांग्रेसको बिरासतलाई सुनारीले उल्ट्याईदिएका छन् । यसअघिको निर्वाचनमा गाउँपालिकाको प्रमुख उपप्रमुख र सबै वडा अध्यक्ष तथा सदस्यहरुमा नेपाली कांग्रेसले जित निकालेको थियो ।

स्थानीय तहको निर्वाचनमा बुलिङटार गाउँपालिकाका वडा नम्वर १, २, ३, ४ र ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी हासिल गरेको छ भने वडा नम्वर ५ मा नेकपा एमालेले जितेको छ । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेनानिकल इञ्जिनियरिङमा स्नाकत्तोर तह सम्मको अध्ययन गर्नु भएको छ ।