• १९ असार २०८१, बुधबार

म्याग्दीको मालिकामा मतगणना सम्पन्न : अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउँसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मी देवी पुन विजयी हुनुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो  । 

नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिन पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।