• ६ जेठ २०८१, आइतबार

हुम्ला खार्पुुनाथ–१ को वडा अध्यक्षमा शाही विजयी

blog

हुुम्ला समाचारदाता

हुुम्ला, वैशाख ३१ गते । स्थानीय तह निर्वाचनमा खार्पुनाथ गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही निर्वाचित हुनुभएको छ । नेकपा एमालेका हिरालाल जैसीलाई पछि पार्दै शाही वडा अध्यक्ष पदमा बिजयी हुनु भएको हो । 

खार्पुनाथ गाउँपालिका सहायक निर्वाचन अधिकृत बिष्णुबहादुर शाहीका अनुुसार १ नम्वर वडाको मतगणना गर्दा ४६९ मत ल्याएर गठबन्धन दलबाट नेपाली कांग्रेसका शाही वडा अध्यक्ष पदमा निर्वाचित हुनुु भएको छ । उहाँको निकटमत प्रतिद्वन्द्वी एमालेका जैसीले १९६ मत ल्याउनु भएको थियो । 

उक्त वडाको अन्य सदस्य पदमा पनि चारै जना गठबन्धनकै सदस्यहरु निर्वाचित हुनु भएको छ । गाउँपालिकाको हालसम्मको मतगणना अनुसार गाउँपाकिला अध्यक्ष पदमा गठबन्धन दलबाट नेपाली कांग्रेसका कर्णबहाुुदर रालवले ४५३ मत ल्याएर पहिलो स्थानमा रहेको छ । 

एमालेका प्रकाशबहादुर शाहीले २११ मत ल्याउनुु भएको छ । त्यसैगरि उपाध्यक्ष पदमा गठबन्धनका माओवादी केन्द्रका ज्ञानबहादुुर शाहीले ४४८ मत र नेकपा एकिकृत समाजवादीका शक्तिसिंह ऐडीले १८० मत ल्याउनु भएको छ । खार्पुनाथ गाउँपालिकामा ६७७ मत खसेको थियो ।