• ६ जेठ २०८१, आइतबार

सल्यानका कपुरकोट गाउँपालिका–१ मा माओवादीका खड्का विजयी

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ३१ गते ।
सल्यान कपुरकोट गाउँपालिका–१ मा वडाअध्यक्ष पदमा गठबन्धनबाट चुनाव लडेका नेकपा (माओवादी केन्द्र)का बालाराम खड्का विजयी हुनुभएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेलबाट उम्मेदवार बन्नुभएको खड्काले ४४५ मत प्राप्त गर्नुभएको हो ।

२०७४ को चुनावमा पनि खड्का वडा अध्यक्षमा नै विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर रानाले ३८५ मत र नेपाली काँग्रेसका हिरालाल घर्तीले ११८ मत प्राप्त गर्नुभएको छ ।

सल्यान कपुरकोट गाउँपालिका–१ मा एक हजार १३ मत खसेको थियो । गाउँपालिका अध्यक्षतर्फ वडामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका दुर्गाबहादुर पुनले ४३७ मतका साथ अग्रता लिनुभएको छ ।

यस्तै, उपाध्यक्षमा ४२७ मतका साथ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले अग्रतामा हुनुहुन्छ ।

यस्तै, एमालेको तर्फबाट अध्यक्षमा भीमबहादुर सेनले ३८० र उपाध्यक्षमा भीमा बुढाथोकीले ३८३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसको तर्फबाट अध्यक्षमा विष्णुप्रसाद शर्माले ११५ र उपाध्यक्षमा ओकी महताराले ११६ मत प्राप्त गर्नुभएकोहो ।

राष्ट्रिय जनमोर्चाका तुल्सिराम योगीले भने एक मत मात्रै प्राप्त गर्नुभएको छ ।