• ६ जेठ २०८१, आइतबार

मतगणनास्थल बाहिर झडप, तीन गम्भीर घाइते

blog

राजन रावल
हुुम्ला, वैशाख ३१ गते ।
जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीनजना घाइते हुनुभएको छ । घाइतेमध्य एकजनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताउनुभयो ।

खार्पुनाथ गाउँपालिका–५ सागर शाहीले गठबन्धनका कार्यकर्ताद्वारा नेकपा एमाले कार्यकर्तामाथि आक्रमण गर्दा तीनजना घाइतेको भएको बताउनुभयो ।

उहाँले मतगणनस्थल बाहिर बसिरहेका बेला फलामको छडले टाउकोमा हानेको बताउनुभयो । छडको प्रहारबाट घाइते हुनेमा सोही वडा निवासी छत्तबहादुर शाही, मन्दिरसिंह ऐडी र नविन ऐडी रहनुभएको छ ।

घाइते तीनै जनालाई हेलिकोप्टरबाट जिल्ला अस्पतालमा गाउँपालिका केन्द्र याङ्चुबजारबाट ल्याई अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । घाइते शाही भने बेहोस अवस्था हुनुहुन्छ ।

उहाँको टाउकोमा गम्भीर चोट लागेको र मुुखबाट फिज आउने र वान्ता समेत भइरहेको छ । अस्पतालका चिकित्सक रोशन खनालले घाइतेमध्य शाहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि  जिल्ला बाहिर रिफर गरिएको बताउनुभयो । शाहीलाई हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लग्ने तयारी भइरहेको छ ।