• १३ साउन २०८१, आइतबार

मनाङ ङिस्याङमा एमालेका कान्छा घले विजयी

blog

लम्जुङ, बैशाख ३१ गते । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ । 

कूल ९ वटा वडाको नतिजा अनुसार अध्यक्षमा एमाले उम्मेदवार घलेले ८६१ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्षमा कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले) ले  ७१३ मत ल्याउनुभएको थियो । घले यस अघिका निर्वाचित अध्यक्ष हुनुहुन्छ । 

उपाध्यक्षमा एमाले समर्थतमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी हुनुभएको छ । भने कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याउनुभएको छ । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले एक मत ल्याउनुभएको छ । 

वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी काँग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाध्यक्षमा निर्विरोध हुनुभएको छ । 

वडा नंम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी हुनुभएको छ । कांग्रेसका फूलमाया गुरुङले ३४ मत प्राप्त गर्नुभएको थियो । वडा नंम्बर ५ मा काँग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी हुनुभएको थियो । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत प्राप्त गर्नुभएको  छ । वडा नंम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित हुनुभएको छ । कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत प्राप्त गर्नुभएको थियो ।  

वडा नंम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी हुनुभएको छ । एमालेका कान्छा गुरुङले ५५ मत प्राप्त गर्नुभएको थियो । वडा नंम्बर ८ मा एमालेका पेम्बा गुरुङ १३४ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी काँग्रेसका पेमछिरिङ गुरुङले ९८ मत प्राप्त गर्नुभएको थियो । वडा नंम्बर ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध हुनुभएको छ । 

मनाङमा सवैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ६५७ मत अर्थात् ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।