• ६ जेठ २०८१, आइतबार

सुर्खेतमा भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित

blog

नविन सुवेदी
सुर्खेत, वैशाख ३० गते । 
सुर्खेमा एक्कासि आएको भीषण हावाहुरीसहितको वर्षाका कारण मतदान प्रभावित भएको छ । सुर्खेतको पश्चिम क्षेत्रबाट प्रवेश गरेको हावाहुरीसहितको मौसमका कारण मतदान प्रभावित भएको हो ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रणाली सुर्खेत हुँदै जाजरकोटतर्फ सरिरहेको छ । पूर्व–उत्तरतर्फ सरिरहेको मौसमी प्रणाली लामो समयसम्म नहरने मौसमविद् महर्जनको भनाइ छ । उहाँले यो प्रणालीका कारण हावाहुरीसहितको वर्षात् र चट्याङ पर्ने भएकोले सजकता अपनाउन आग्रह गर्नुभएको छ । हावाहुरीका कारण मतदानस्थलमा राखिएका टेन्टहरुमा क्षति पुगेको छ ।