• ११ असोज २०८१, शुक्रबार

राष्ट्र बैंकले ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने

blog

गभर्नर महाप्रसाद अधिकारी ।

काठमाडौँ, असोज ९ गते। नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गरेको हो।  राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्ने भएको छ।  

राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ।  

पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो।  उहाँले परिवर्तन गर्न खाेजेका कुरा अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताउनुभयो।  

उहाँले उपभोक्ता मूल्य सूचकाङ्कमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभयो।  उहाँले उपभोक्ता मूल्य सूचकाङ्क मार्केट सेन्टर बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताउनुभयो।  उहाँले  ४९६ वस्तुहरुको मूल्य सङ्कलन गरिने भए पनि अहिले ५२५ पुर्‍याइएको बताउनुभयो।  

उहाँले ‘उपभोक्ता मूल्य सूचकाङ्क’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयानुकूलका मूल्यलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको बताउनुभयो।  उहाँले उपभोगको प्रवृत्ति, मूल्य सङ्कलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकाङ्क बनेको बताउनुभयो।  उहाँले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकाङ्क निकालिने हुँदा त्यस्तो देखिएको बताउनुभयो।  

सङ्घीय संरचनाअनुसार तथ्याङ्क सङ्कलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकाङ्क गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।  

त्रिभुवन विश्वविद्यालय तथ्याङ्क विभाग, केन्द्रीय तथ्याङ्क कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकाङ्क तयार गरेको हो।  राष्ट्र बैंकका अनुसार १ लाख २ हजारभन्दा बढी मूल्यका भार अङ्कसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकाङ्क निकालिन्छ।  ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकाङ्क निकालिने गरेको जनाएको छ।