• ११ असोज २०८१, शुक्रबार

सङ्कटा सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै सङ्कटा र युकेएफसीका खेलाडी । तस्बिर : गोरखापत्र

उर्लाबारी, असोज ७ गते । काठमाडौँको सङ्कटा क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरी शनिश्चरे गोल्डकप–२०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) दार्जिलिङलाई २–० गोलले हराउँदै सङ्कटा अन्तिम चारमा पुगेको हो । 

२८ औँ मिनेटमा  सङ्कटाका कृपा चौधरीले पोष्टमा प्रहार गरेको बल युकेएफसीका गोल रक्षक रूपक कोयाले नियन्त्रण प्रयास गर्नुभयो । रिवाउण्ड भएको  बललाई कुनै गल्ती नगरीकन कृपाले जाली चुमाउनुभयो । अतिरिक्त समयमा सङ्कटाका युवराज ढकालले अर्को गोल थप्दै टोलीलाई सेमिफाइनल यात्रा सुनिश्चित गराउनुभयो ।

सङ्कटाका पुष्कर खड्का म्यान अफ दि म्ययाच घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । मङ्गलबार काठमाडौँको बिग्रेड ब्वाइज र सिराहाको सहलेस फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।