• १३ असार २०८१, बिहिबार

धर्मश्रीमा धाँधली भएको आरोप

blog

पत्रकार सम्मेलनमा आफ्नो कुरा राख्दै धर्मश्रीमा सहभागि खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २५ गते । १६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगितामा सहभागी खेलाडीले प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् । नेपाल ब्यायाम मन्दिरको आयोजनामा शुक्रबार र शनिबार प्रज्ञाभवन कमलादीमा भएको प्रतियोगितामा आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको आरोप खेलाडीले लगाएका हुन् ।

प्रतियोगिता सकिएको भोलिपल्ट आइतबार पत्रकार सम्मेलनगरी खेलाडीले आयोजकले निर्णायकको निर्णय नै हेरफेर गरेको बताए । पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले आयोजकले आफ्ना खेलाडीलाई उपाधि दिलाउन आफुहलाई अपहेलित गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बेलायतबाट भाग लिन आउनुभएका सागर विक, गोपाल लिम्बु, अवतार श्रेष्ठ, विशुराम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायत खेलाडीको सहभागिता रहेको थियो ।