• ७ मंसिर २०८१, शुक्रबार

१२२ वर्ष प्रवेश विशेष

पत्रकारिताभित्रको कम्पन

blog

पत्रकारिताको बदलिँंदो आयाम अन्यत्र झैँ नेपालमा पनि आज चासोको विषय हो । यसलाई कसैले पूर्णतः प्राविधिक, तकनिकी दृष्टिकोणले हेरेको पाइन्छ त कसैले लेखन, आवाज, तस्बिर तथा डिजाइनको प्रस्तुति र प्रदर्शनको कोणबाट विश्लेषण गरेको देखिन्छ । नागरिक, तर्क तथा बौद्धिक व्यायामलाई ध्यानमा राखेर पनि विश्लेषण भएका सङ्केतहरू फेला नपर्ने होइनन् । शक्तिका सौखिनहरूले आमसञ्चार माध्यमका सामग्रीलाई आफ्नो सुविधामा राख्न गरेको प्रयास पनि फेला पर्छ । समाजको समग्र विषयवस्तु, समस्या, समाधान र गतिमा जोड दिनेहरू भने पत्रकाारिताभित्रको सामाजिकी कला र सीपको (सोसल आर्टिस्ट्) ऊर्जालाई जोेगाउने गरी आयामको रूपरेखा खिच्न रुचाउँंछन् । पत्रकारिताको अनेकौँ उकाली, ओराली, घुम्ती, देउराली र भञ्ज्याङको अनुभवी गोरखापत्रको १२२ औँ प्रवेशको सन्दर्भमा पत्रकारिताको बदलिँंदो आयाममा केही शाब्दिक चिन्तन गर्नु सान्दर्भिक छ । यस आलेखमा अभ्यासको बिन्दुबाट क्रियाशील पत्रकारसंँगको समय समयको छलफल, सञ्चारगृहको अवलोकन, सूचना स्रोतसँंगको साक्षात्कार, आमसञ्चारविद्का कथन तथा व्यक्तिगत अनुभूतिका आडमा संक्षिप्त चर्चा गर्ने प्रयास छ । 

बदलिंँदो स्वरूप

नेपाली पत्रकारिताको बदलिंँदो आयाम रमाइलो छ । शताब्दीऔंदेखि संवद्र्धित स्वरूपले कांँचुली फेरेको छ । सूचना प्रविधि अन्तर्गत डिजिटल विधिले औँलाका भरमा वा छोएजस्तो गर्दा पोस्टिङ गर्न सम्भव छ । यसैका कारण नयाँ प्रयोगका अनेक अवसर खुलेका छन् । सूचना प्रवाह विकेन्द्रीकृत भएको छ ।  यस क्रममा व्यापक सहभागिता सम्भव भएको छ । सँगसँगै व्यक्तिकेन्द्रित प्रवृत्ति बढेको छ । अनि लेखन, वाचन तथा प्रदर्शनमा लामो समयदेखि अभ्यस्त पत्रकारिता फराकिलो भएको छ । एकबाट अनेकसम्म, त्यो पनि निर्धारित समयमा पुग्ने परिस्थिति अनेकबाट अनेकसम्म इच्छित समयमा पुग्ने अवस्थामा परिणत भएको छ । सञ्चारविद्को भाषामा आमसञ्चार माध्यमको पर्यावरणले (मिडिया इकोलोजी) कोल्टे फेरेको छ । सन्देश दिने र लिनेबीच परम्परागत सीमा देखिन्न । सूचना सन्देश उत्पादन, उपभोग तथा वितरण हुने प्रणाली सबैमा आमूल परिवर्तन छ । अनुसन्धानको सङ्केत छ: नयाँ वास्तविकतालाई किनारामा राख्न सम्भव नै छैन, विद्यमान इन्टरनेट यथार्थलाई अंँगाल्दै पत्रकारितालाई अघि बढाउनुुको विकल्प छैन ।

आमसञ्चार माध्यमका सामग्रीको रूप पहिले झैँ  ठोस मात्र छैन, निरन्तर तरल,ं गतिशील, परिवर्तनशील, मिश्रित र विविध हुने क्रम सधैँ चलिरहेछ । निश्चित समयसम्मको विवरणलाई वा घटनालाई यथासम्भव दुरुस्त रूपमा पुनः उत्पादन गरेर प्रस्तुत गर्ने साँचोमा ढालिएको पत्रकारितालाई खास समयसंँगै (रियल टाइममै) गांँस्न चुनौती नै छ । पलपलमा सुचिकारको सीप ((टेलरिङ) प्रयोग गरेर अद्यावधिक बनाइरहनु पर्ने अनिवार्यता छ ।  पत्रकारिता पत्रकारको हात, बोली र क्यामेरामा मात्र छैन,  न त यो सम्पादकको डेस्क, किबोर्ड वा मास्टर कण्ट्रोल कक्षमा मात्र सीमित छ । यो आमसञ्चार गृहको परिसरमा मात्र पनि अवस्थित छैन । यो त सर्वसुलभ छ, अभिव्यक्ति गर्ने सबै नै त्यसमा सामेल भएसरह छ । पाठक, श्रोता, द्रष्टा, प्रयोगकर्ता, नागरिक तथा सर्वसाधारणको सहभागिता वा दखल गहन रूपले बढेको छ । माध्यमले आवाज दिनुपर्ने वा प्रतिनिधित्व गर्नुपर्नेहरू स्वयं नै अग्रसर भएको स्थिति हो । सूचना प्रस्तुतिमा क्रियाशील भएको यथार्थ हो । 

यो बहुसहभागिताका कारण सूचना प्रवाहमा व्यापकता, सकारात्मकता तथा सबलता निश्चय नै आएको हो । पत्रकारितालाई सहजता, सिर्जनात्मकता, नवीनताका अवसरहरू प्राप्त भएको स्पष्ट छ ।तिनलाई छोप्न अनिवार्य सीप, साधन र लचिलोपनलाई भने अंँगाल्नु आवश्यक छ । त्यसो गर्न नसक्दा वा सञ्चारगृहहरू तयार नहुँदा भने समस्या उत्पन्न भइरहेछन् ।

सङ्केतनेपालमा पत्रकारिता अभ्यासस्थलको प्रत्यक्ष अवलोकन र त्यहांँ अहिले प्रचलित छलफलको सूक्ष्म विश्लेषणले विशेष यी सङ्केत देखाउँछन : नयाँ परिवर्तनलाई कसरी अंँगाल्ने भन्नेमा निकै अलमल छ । कतैकतै निसास्सिएको अवस्था पनि छ । परम्परागत पत्रकारिता अभ्यासलाई यसो यान्त्रीकरण गर्दा भइहाल्छ नि (आखिर समयअनुसार परिवर्तित भइदिनुपर्यो नि भन्ने भाव) छ । अब पत्रकारिताले सामाजिक सञ्जाललाई पछ्याउनुको विकल्प छैन भन्ने र सञ्चार गृह र पत्रकार सबैले नयाँ सीप र साधनलाई अपनाएर पत्रकारिताका मूल्य मान्यतालाई कायम राख्ने बेला भएको छ ।  उदाहरणका लागि कागजका पत्रपत्रिका कतै आफ्नो समय सकिएको हो कि भनी झोक्राएर, विरक्तिएर समय कटाइरहेछन् । यसक्रममा अनलाइनले आफ्नो अलग अस्तित्व छ भन्नेमा विश्वस्त हुनसकेको देखिन्न । तिनमा पत्रपत्रिकाकै अनलाइन संंस्करण हौंँ भन्ने भाव ‘पोस्टिङ पोस्टिङ’मा छर्लङ्घिन्छ । रेडियो सुनाउने नयाँ हाँंकलाई बेहोर्न श्रुति शक्तिका नयाँ सम्भावनालाई उघार्ने अप्ठेरोमा छ । टेलिभिजनले आपूmलाई अन्य प्रदर्शनभन्दा फरक, अन्य मनोरञ्जन माध्यमभन्दा पनि अलग हो भन्नेमा विश्वस्त गराउन सकेको देखिँदैन । वास्तवमा ती सबै आमसञ्चार माध्यमले आफ्नो अस्तित्वलाई कायम गर्न प्रवद्र्धन गर्न नयाँ प्रविधि तथा साधन उपयुक्त रूपमा प्रयोग गर्नुपर्ने हो । सामाजिक सञ्जालको ताप रापमा आफुलाई निस्तेज बनाउन नहुने हो । 

चुनौती

बहुसञ्चार तथा बहुमाध्यमका माझ मानव जातिका लागि अत्यन्त हानिकारक प्रदूषण पनि फैलिन गएको छ । विशेष गरी कुसूचना, कांँचो सूचना, जानेर वा नजानेर बटारिएको सूचना, मिथ्या सूचना, हेला अपमानका प्रवृत्ति आदिको बिगबिगी छ । स्रोतलाई उल्लेख नगरी सार्ने, टाँंस्ने, अरूको विचार चोर्ने र त्यसलाई आफ्नो जसरी पेश गर्ने गलत आदतहरूले पत्रकारितालाई थला नै पारेका अनेक दृष्टान्त इन्टरनेट सञ्चारमा थोरैबेर मात्र टहलिँंदा खुल्न जान्छ । तथ्य, तथ्याङ्क र तस्बिरलाई आफ्नो सुविधामा तोडमोड गर्न नहिच्किचाउने प्रवृत्ति प्रबल हुंँदोछ । यो चिन्ताको विषय हो । पत्रकारितामा शताब्दीऔंदेखि हुर्काइएको रिपोर्टिङ, पुनर्लेखन, सम्पादन आदि प्रक्रिया र शैलीलाई यसबाट मिलेको हांँक पेचिलो छ । उपरोक्त कुलत र गलत प्रवृत्तिलाई पन्छाएर सही सूचना प्रवाहमा पत्रकारितालाई पुनः प्रवृत्त गराउनुपर्ने आजको आवश्यकता हो । कुसूचनाको सञ्जाल हटाउन सजिलो भने छैन । यसका लागि सर्वसाधारणमा र हर प्रयोक्तामा पनि आमसञ्चार माध्यम साक्षरताको अनिवार्यता पर्छ । माध्यमको विश्वसनीयताको खोजी गर्ने, त्यस्तै स्रोतबारे जानकारी राख्ने, प्रस्तुति शैलीमा मौलिकता खोज्ने अनि आकर्षण वा प्रभाव पार्न मात्र प्रस्तुत हुने सामग्री र ज्ञानवद्र्धक, जानकारीमूलक सामग्रीमा रहेको फरक बुझ्ने क्षमता प्रयोक्तामा हुनु नै पर्छ ।आमसञ्चारविद्हरूले अनेक अवलोकन, अन्तर्वार्ता र स्थिति विश्लेषण गरेर नै विद्यमान सञ्चार सूचना पर्यावरणमा प्रयोक्ताहरूको सूचना लिने, उपभोग गर्ने र त्यसलाई अथ्र्याउने क्षमता अभिवृद्धिमा जोड दिएको पाइन्छ । यसैबाट नै सूचनाको आंँधीमा सर्वसाधारणलाई सही मार्ग पहिलाउन सहजीकरण हुनजान्छ । पत्रकारिता प्रक्रिया र शैलीले फक्रिरहन प्रेरणा प्राप्त गर्छन् । वाक्स्वतन्त्रता बच्छ । व्यक्तिको निजीपन (प्राइभेसी)को रक्षा हुन्छ । यो कुराका आलोचकले सूचना प्रवाह गर्नेलाई भन्दा सूचना ग्रहण गर्नेलाई बढी जिम्मेवार बनाउन खोजियो भनी टिप्पणी पनि गरेको नपाइने होइन । यो बहस चल्दो छ । कालान्तरमा केही टुङ्गोमा पुग्ला नै ।

शाश्वत मान्यता

पत्रकारिताका शाश्वत मूल्य मान्यतामा विश्वास गर्नेहरू भने प्रविधिले ल्याएको परिवर्तनलाई सहज रूपमा लिन्छन् । तिनको विश्वासमा परिवर्तनले खोजेको फरकपन, नवीनता, ताजापन पत्रकारिताभित्रैबाट सम्भव छ, यसको उदारता एवं व्यापकताका कारण व्यवहारीय पनि छन् भन्ने सोच पाल्छन् । हुन पनि तोक नलगाउने, फैसला नगर्ने र विधि पनि नबनाउने तर ती तीनै कार्य गर्नेलाई निरन्तर नियाल्ने पत्रकारिताले सर्वसाधारणलाई सुसूचित गराएर, समयसापेक्ष अद्यावधिक एवं जानकार तुल्याएर तिनको निर्णय शक्तिलाई सबल गराउने दिशामा युगौंदेखि योगदान पु¥याएको छ । यसलाई स्वतन्त्र रूपमा छोड्दा समाजमा सबै जिम्मेवार बन्न जाने स्थिति बन्छ, प्रजातान्त्रिक प्रणालीलाई ऊर्जा मिल्छ, समाजका सामु रहेका चुनौती बेहोर्न आवश्यक खुला बहस सम्भव हुन्छ र त्यसबाट सबै लाभान्वित हुने अवस्था पैदा हुन्छ भन्ने आमसञ्चारविद्हरूको अटल विश्वास छ । आमसञ्चारविद्का यी मान्यताअनुरूप आमसञ्चार माध्यमले आआफ्ना प्रस्तुतिलाई नयांँ जमानाको चाहना र प्रविधितिर मोड्नु भने जरुरी छ । कथा भन्ने वा सुनाउने वा देखाउने वा साना ठूला पर्दामा टाँस्ने शैलीमा सारपूर्ण अदलबदल चाहिन्छ । यसका लागि रिपोर्टिङ, सम्पादन, उत्पादन, क्यामेरा कार्य, वाचनलाई गुणस्तरीय नपारी हुँदैन, प्रभावकारी नबनाई हुंँदैन । सूचना स्रोतको विविधता, सर्च इनिजनको उपयुक्त प्रयोग, सत्यता परीक्षणका विधिहरू अव्लम्बन गर्नुपर्छ । सामग्रीको नवीन उत्पादन (रिसाइक्लिङ), नयांँ कोणको प्रस्तुति, समाचार प्रवाह शैली र ‘टोन’मा थप सिर्जनात्मकता जस्ता फांँटमा बहुसञ्चारीय सीपलाई तिखार्नु नै पर्छ । त्यही दिशामा जाने अवस्था सञ्चारगृहले दुरुस्त राख्नुपर्छ । सम्पादन, रिपोटिङङ्घ, प्रयोगकर्ता र उत्पादनलाई सहकार्यमा उनेर सामग्री बनाउने कलालाई प्राथमिकतामा राख्नुपर्छ । पत्रकारिताभित्रको अहिलेको कम्पनलाई स्वाभाविक स्थिरतामा ल्याउन यी सीप अनिवार्य छन् नै । तिनलाई अभ्यास गर्न सम्भव हुने गरी समाचारकक्ष वा उत्पादन विभाग पुनर्निर्मित हुनुपर्छ ।  

आमसञ्चार माध्यमका अनेक प्रयोक्ता सामाजिक सञ्जालतिर बसाइँ सरेसरहको स्थिति, स्मार्ट सञ्चार साधनको जानकारी, मनोरञ्जन र अन्य सम्बन्धमा निर्णायक भएको यो परिस्थितिमा परम्परागत माध्यमले आफ्ना अनमोल मान्यतालाई पुनः हृदयङ्गम गरी सामग्री उत्पादन गर्नु आजको दायित्व हो । यस क्रममा पत्रकार विचलित हुन मिल्दैन । तिनले पत्रकारितालाई विषयवस्तुको गम्भीरताले, सत्य तथ्यताको विश्वसनीयताले, प्रस्तुतिको विविधताले, भाषाको गतिशीलताले, शैलीको स्वादले, डिजाइनको ढाँचाल, वास्तविक समयको सान्दर्भिकताले उकास्नु नै पछ । हो, त्यस क्रममा प्रयोक्ताहरूलाई पनि साथमा लिएर माध्यम सामग्रीको सहउत्पादनलाई मूर्तरूप दिनुपर्छ । ‘कन्भर्जेन्स जोर्नलिजम’का विज्ञहरूले पनि यतैतिर अगाडिका पाइला लम्कनुपर्ने कुरा बताएको पाइन्छ । त्यसमा अभिव्यक्ति स्वतन्त्रताप्रधान सामाजिक सञ्जालका सामग्रीलाई पनि यथोचित आदर मिल्ने र पत्रकारिताका मूल्य मान्यताको पनि जगेर्ना हुने तिनको विश्वास मननीय नै छ । वास्तवमा छापा, आवाज, तस्बिर र पोस्टिङभित्रका विविध शक्ति, सीप र प्रयोगका भरमा माध्यमका सामग्रीलाई बढी गुणस्तरीय पार्दा समाज नै लाभान्वित हुने हो । 

कोभिड १९ सिर्जित जनस्वास्थ्य सङ्कटले समाजका सबैलाई आक्रान्त पारेको धेरै भएको छैन । त्यो बेला आवश्यक देखिएको सही सूचनाको अनिवार्यतालाई कसले बिर्सन सक्छ र ! आमसञ्चार माध्यमतिर सबैको ध्यान फर्केको यथार्थलाई कसरी किनारामा राख्न सकिन्छ र !  छ दिन पछि वैशाख ३०, २०७९ मा मुलुकभर ७५३ स्थानीय सरकार छान्न जुर्मुराइरहेका नेपाली मतदातालाई निर्णय गर्न सबल वातावरण बनाउन सही सूचनाको, तथ्यपूर्ण सन्देशको खाँंचोलाई कसले महसुस गरेको छैन र ! सङ्घीयताअन्तर्गतको त्यो दोस्रो ऐतिहासिक अभ्यासमा आमसञ्चार माध्यमबाट मिलेको सहजीकरणलाई बेवास्ता गरेर विश्लेषण कसरी पूर्ण हुन्छ र ! 

हालैको जनगणना, मौसम परिवर्तनका कारण देखिएका विपत्, लैङ्गिक समानता, जनजीविकाका र श्रमिक पलायनजस्ता समस्यालाई केलाएर आमसञ्चार माध्यमले जनस्तरमा पुर्याएको सूचना सशक्तीकरण सेवालाई पनि भुल्न मिल्दैन । देशकै सबभन्दा पुरानो पत्रिकाले नयाँ खुट्किला टेक्दा  अन्य माध्यमले पनि यिनै आयामलाई सम्झेर पत्रकारितालाई बढी गुणस्तरीय, सहज, सरस, सान्दर्भिक र ग्रहणीय पार्ने दिशातिर लम्कने हो कि !