• ४ जेठ २०८१, शुक्रबार

जिम्बाबे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि टिम घोषणा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १७ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) ले  टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। शनिबार क्यानले जिम्बावे ‘ए’ विरुद्ध खेल्ने टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो।

नेपालले जिम्बाबे ‘ए’सँग घरेलु मैदानमा टी-२० र एक दिवसीय सिरिज खेल्दैछ। क्यानले शुक्रबार मात्र एकदिवसीय टोलीको घोषणा गरेको थियो। 

सन्दीप लामिछानेको कप्तानीमा घोषणा भएको नेपाली टोलीमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमेद, लोकेश बम, भीम सार्की समेटिनुभएको छ।