• १७ असार २०८१, सोमबार

जीर्णपुलबाट २७ टनको उपकरण ओसारपसार गरिँदै

blog

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख १६ गते ।
सिन्धुपाल्चोक र दोलखा जिल्लाको लाइफलाइन मानिने खाडीचौर पुलबाट २७ वटकभन्दा बढी वजनका सामान ओसारपसार भइरहेको छ ।

भारवहान क्षमता १२ टन रहेको उक्त पुलबाट २७ टनभन्दा बढी वजनका हाइड्रोपावरका सामानहरु ओसारपसार गर्दा पुल जीर्ण अवस्थामा छ ।

सो जीर्ण पुलबाट दोलखाबाट निर्माणाधीन लिखु हाइड्रोपावरका लागि उपकरण र सामानहरु ओसारपसार गरिँदै आएको छ ।

सिन्धुपाल्चोकस्थित खाडीचौरका स्थानीय अगुवा अनिल लामाले जीर्ण पुलबाट लिखु हाइड्रोले १० वटा लहरीमार्फत २७ टनभन्दा बढी वजनका उपकरण लैजाने गरेको जानकारी दिनुभयो । जसका कारण खाडीचौर पुल जोखिममा परेको छ ।

भारवहान क्षमताभन्दा बढी भएको उपकरणका सामान निमार्ण स्थल पु-याउन हाइड्रोले सुनकोशी नदीमा डाइभर्सन निमार्णका लागि ६० लाख बजेटमा टेण्डर निकालेको थियो । तर, डाइभर्सन निर्माण नगरि उपकरणका सामान पुलबाटै ओसारपसार गरिँदैअ आएको छ ।

लामाका अनुसार अहिले पुल लच्किएको छ भने सवारी साधानलाई आवतजावत गर्न समस्या भएको छ । दोलखा, रामेछाप, ओखलढुङ्गालगायतका स्थानबाट दैनिक सयौं सवारी साधान आवतजावत गर्छन् ।