• १५ असार २०८१, शनिबार

एकै दिन ३५ सय जनाले कोभिडविरुद्धको खोप लगाए

blog

अमृतप्रसाद पौडेल

बेनी, वैशाख १६ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाभित्र सञ्चालित कोभिड–१९ विरुद्धको भ्याक्सीनेसन शिविरमा एकै दिन ३५ सयभन्दा बढीले खोप लगाएका छन् ।

बेनी नगरपालिकाले बैशाख १३–१५ सम्म सञ्चालन गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिनेसन शिविरको अन्तिम दिन मात्रै ३ हजार पाँचसय ५ जनाले भ्याक्सिन लगाएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज शर्माले बताउनुभयो । 

तेस्रो तथा अन्तिम दिन तीन हजार पाँचसय पाँच जनाले भ्याक्सिन लगाएको भएपनि ३ दिन सम्ममा कुल ७ हजार ५९ जनाले भ्याक्सीन लगाएका थिए । म्याग्दीमा यस पटक बेनी नगरपालिकाले मात्रै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएको शर्माले बताउनुभयो । शिविरका क्रममा अहिलेसम्म एक डोज पनि नलगाएका २५ जना, पहिलो डोज लगाएर दोस्रो डोज नलगाएका २ सय ९६ ले पनि भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।