काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ। बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो। खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो।
फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।