• १२ असार २०८१, बुधबार

एसिएन गेम्सका लागि बक्सिङको छनोट सुरु

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १४ गते । नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९औँ एसिएन गेम्सका लागि बक्सिङ खेलाडी छनोट सुरु भएको छ । सातदोवोटामा बुधबार देखि सुरु भएको प्रारम्भिक छनोट खेलमा फ्लाई वेट ५१ केजी तौल समूहमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दिवाना शेर्मालाई नकआउटका आधारमा हराउनुभयो ।

सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गर्नुभयो । फ्लाई वैट तौल समुहमा नेपाल प्रहरीका रिता धरलाले बागमती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गर्नुभयो । सोही तौल समुहमा बागमती प्रदेशका सुस्मा तामाङले बागमती प्रदेश ‘ए’ कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गर्नुभयो । 

यसैगरी महिला वेन्टम वेट तौल समुहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश ‘ए’ स्वस्तिका लाई स्पिलट डिसिजनका आधारमा पराजित गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषका खेलहरु पनि सञ्चालन भईरहेको छन् । छनोट खेलमा देशभरका खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।