• ९ जेठ २०८१, बुधबार

'कबड्डी ४' को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, वैशाख १४ गते । फिल्म 'कबड्डी ४' को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको ४ मिनेट २८ सेकेण्ड लामो ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ र विजय बराल देख्न सकिन्छ । 

सामाजिक  कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । फिल्मको अन्तिम सिरिजसम्म आइपुग्दा काजीले प्रेमीका पाउँछन् कि पाउँदैन, उहाँको बिहे हुन्छ कि हुँदैन भन्ने प्रश्नमा चलचित्र घुमेको छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुनुहुन्छ ।

फिल्म आगामी जेठ १३ मा नेपालभर प्रदर्शन हुने भएको छ ।