शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
स्नेह सायमि
मैले भनेँ
म तिमीसँगसँगै
काम गर्न चाहन्छु,
चालीस वर्षअघि
परिवर्तनको
जे शिक्षा दिएका थियौ तिमीले
त्यो आज
तिमीले सत्ताको बागडोर
सम्हालेको बेला
आम मानिसको पक्षमा
केही गर्न चाहन्छु,
यसो भन्दै गर्दा
उसले मतिर यसरी हे¥यो
जसरी बाजले सिनोलाई हेर्छ
अग्लो घरबाट सडकमा
उसले यसरी थुक्यो
जसरी पान चपाउनेले
सफा भित्तामा थुक्छ
अनि भन्यो–
हिजोको कुरा
हिजोको परिचय
हिजोको वाचा
भो यो नयाँ दिनमा
नसम्झाउनु
यो पुरानै कुरामा
लागिरहने सोच
नदोहो¥याउनु
भोटले
तार्किक र तर्कहीन
अनुशासित र अनुशासनहीनबीच
कुनै दुरी
नदेख्दो रहेछ
हामीलाई
आँखा भएका अन्धाहरू
भए पुग्छ
हामीलाई
नयाँ लुगामा सजिएका
हिँडिरहने
लासहरूबाटै
काम चल्छ
नयाँ सत्तामा
पुरानो मान्छे
पुरानो विचार
पुरानो याद
पुरानो कसम
भो
नसम्झाउनु ।
गोरखापत्र
Gorkhapatra...