• १९ असार २०८१, बुधबार

उपभोक्ता समितिसँग मिलिमतो गरी झुठ्ठा विल पेश

blog

काठमाडौँ, वैशाख १३ गते । डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर वुढथापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाहीले पद मार्ग निर्माण कार्यगर्दा झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरको छ । 

सोरु गाउँपालिका वडा नं १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आर्थिक बर्ष २०७५–०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी आठ लाख ८७ हजार ६ सय ५३ रुपियाँ ७७ पैसा भुक्तानी लिनेरदिने काम गरेको अख्तियारले उल्लेख गरेको छ । 

अख्तियारले सरकारी र सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याइएकोले उक्त कार्यमा संलग्न कर्मचारी र निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई बिगोसमेत असुल उपर हुनेगरी कानुन अनुसार कारवाही गर्न अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।