• १२ साउन २०८१, शनिबार

महोत्तरीको १३ पालिका प्रमुखमा पुरानैको उम्मेदवारी

blog

मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गरेपछि निर्वतमान प्रमुख हरिप्रसाद मण्डल । तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, वैशाख, १२ गते । महोत्तरीको १५ पालिका मध्ये १३ पालिकाका निर्वतमान प्रमुखले फेरि चुनावी प्रतिस्पर्धामा आउन मनोनयन दर्ता गराएका छन् ।  निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आईतबार र सोमबार महोत्तरीको १५ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरुमा १३ पालिका प्रमुखहरु दोहो¥याएर चुनावी प्रतिस्पर्धामा आउन मनोनयन पत्र दर्ता गराउनु भएको हो । उहाँहरुले आआफ्नो पदबाट राजीनामा गरि चुनावी मैदानमा उत्रनु भएको हो ।  

महोत्तरीका मटिहानी नगरपालिकामा लोक्तान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालबाट प्रमुख पदका लागि निर्वतमान प्रमुख हरिप्रसाद मण्डलले सोमबार मनोनय पत्र दर्ता गराउनु भएको छ । निवर्तमान मेयर मण्डल यसअघि तात्कालिन राष्ट्रिय जनता पार्टी (जसपा) नेपाल पार्टीबाट आफ्ना निकतटम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो ।   

त्यस्तै जलेश्वर नगरपालिकाका निवर्तमान रामशंकर मिश्रले प्रमुख पदमा प्रतिस्पधा गर्न आइतबार नै मनोयन पत्र दर्ता गराउनु भएको थियो । उहाँ तात्कालिन राजपा नेपाल पार्टीबाट प्रमुख पदमा विजयी हुनुभएको थियो । उहाँ लोसपा नेपाल पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रनु भएको हो । 

महोत्तरी गाउँपालिकामा निर्वतमान अध्यक्ष सुनिल यादवले पनि मनोयन दर्ता गराउनु भएको छ । मनरा सिस्वा नगरपालिकाका निर्वतमान प्रमुख संजय सिंह, भंगहा नगरपालिकामा निर्वतमान प्रमुख संजिव साह र एकडारा गाउँपालिकाको निर्वतमान अध्यक्ष राम छविला साह फेरि प्रतिस्पर्धामा उत्रनु भएको हो । 

मनरा, भंगहा, एकडारा र महोत्तरी गाउँपालिकामा तात्कालिन राजपा नेपाल पार्टीबाट उहाँहरु निर्वाचित हुनु भएको थियो । उहाँहरु लोसपा नेपाल पार्टीबाट आआफ्ना पालिका स्थित निर्वाचन अधिकृतको कार्यलयमा पुगि पालिकाप्रमुख पदमा प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गराउनु भएको हो । सम्बन्धित निर्वाचन अधिकृतहरुले बताउनु भएको छ ।   

यस्तै बलवा नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित भएका निर्वतमान मेयर विनोद यादव फेरि पनि सोहि पार्टीबाट टिकट पाएर चुनावी प्रतिस्पर्धामा आउनु भएको छ ।  औरही नगरपालिकाका निर्वतमान प्रमुख सुनिलकुमार यादव र लोहारपटि नगरपालिकाका निर्वतमान प्रमुख शैलेन्द्र कुमार यादवले पनि दोह¥याएर प्रमुख पदको प्रतिस्पर्धाका लागि मनोनयन पत्र दर्ता गराउनु भएको हो । 

बलवा, औरही र लोहरापट्टिका निर्वतनमा प्रमुखहरु नेपाली काँग्रेसबाट टिकट पाएर फेरि  चुनावी मैदानमा उत्रनु भएको हो । रामगोपालपुर नगरपालिकाको निर्वतमान प्रमुख अशोककुमार मण्डलले पनि दोह¥याउनका लागि मनोनयन पत्र दर्ता गराउनु भएको छ । उहाँ नेकपा माओवादीबाटै निर्वाचित भएर पुन सोहि पार्टीबाट टिकट पाएर चुनावमा होमिनु भएको छ । 

यसैगरी सम्सी गाउँपालिकाको निर्वतमान प्रमुख शेख फारुखले पनि दोह¥याएर सोहि पदमा चुनावी प्रतिस्पर्धा गर्न मनोनयन पत्र दर्ता गराउनु भएको हो । उहाँ यसअघि नेकपा माओवादीबाट सम्सी गाउँपालिकामा विजयी हुनु भएको थियो । तर, हाल उहाँ पार्टी परिवर्तन गरि नेकपा एमालेबाट टिकट पाएर चुनावी मैदनमा उत्रनु भएको छ । 

यसैगरी सोनमा गाउँपालिकाको निर्वतमान अध्यक्ष राजकुमार यादवले पनि दोहो¥याएर चुनावी मैदान उत्रन मनोनयन पत्र दर्ता गराउनु भएको हो । उहाँ जनता समाजवादी पार्टीबाट यसअघि विजयी हुनुभएको थियो । उहाँ फेरि जसपा नेपाल पार्टीबाट टिकट पाएर चुनावी प्रतिस्पर्धामा आउनु भएको हो । 

बर्दिवास नगरपालिकाका निर्वतमान प्रमुख विदुर कार्की र गौशाला नगरपालिकाका निर्वचमान मेयर शिवनाथ महतोको ठाउँमा नेकपा माओवादीले नयाँ उम्मेदवारहरुलाई प्रमुख पदका लागि टिकट दिएपछि उहाँहरु चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु भएको हो । गौशाला नगरपालिकामा नेकपा माओवादीबाट विष्णु लामा र बर्दिवास नगरपालिकामा राजु खडकाले नेकपा माओवादी पार्टी टिकट मनोनयन पत्र दर्ता गराउनु भएको हो ।