• ७ जेठ २०८१, सोमबार

एमाले बाजुराले लगायो उम्मेदवार टुङ्गो

blog

जिल्ला सदरमुकाममा रहेको नेकपा एमालेको पार्टी कार्यालय ।

शेरबहादुर सार्की
बाजुरा, वैशाख ११ गते ।
नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमाले बाजुराले जिल्लाका नौ वटै स्थानीय तहका लागि प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाअध्यक्ष पदको टुङ्गो लगाएको हो ।

वैशाखको पहिलो सातादेखि नै उम्मेदवारको छनोट गर्न लागेको एमाले शनिबार मात्र बाजुराका नौ वटै स्थानीय तहका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेको बूढीनन्दा नगरपालिकामा नगर प्रमुखमा जनककुमार बोहरा, उपप्रमुखमा मनु रोकाया (बिसी) छनोट गरेको छ ।

यसैगरी, जगनाथ गाउँपालिकामा अध्यक्ष कालीबहादुर शाही उपाअध्यक्ष  मरुकला विष्ट, हिमाली गाउँपालिकामा अध्यक्ष अजबहादुर मल्ल  उपाअध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक खापर गाउँपालिकामा अध्यक्ष चतुरभूज शाही, उपाअध्यक्षमा सुलोचना भण्डारी(बुढा), गौमुल गाउँपालिकामा अध्यक्ष हरी रोकाया, उपाअध्यक्षमा सिता थापालाई छनोट गरेको छ ।

त्यस्तै, बडिमालिका नगरपालिका प्रमुखमा अम्मरबहादुर खड्का र उपप्रमुखमा नन्दा कुमारी थापा, बूढीगङ्गा नगरपालिका प्रमुखमा रामबहादुर बानीयाँ, उपप्रमुखमा माया कुँवर ,त्रिवेणी नगरपालिमामा प्रमुख मोतिसिह बुढा, उपप्रमुखमा पार्वती देवि विष्ट, खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष दिलबहादुर रावत उपाअध्यक्षमा मनदेवि ओलीलाई छनोट गरेको छ ।

जिल्लाको गौमुल गाउँपालिकाका हरि रोकाया र सिता थापा २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए ।

उहाँहरु दुइटैलाई यो पटकमा पनि फेरि गौमुल गाउँपालिकाको अध्यक्ष उपाअध्यक्षमा जिम्मेवारी दिएको छ ।

यसैगरी, जिल्लाको बूढीगङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएका रामबहादुर बानीयाँ र माया कुँवरलाई यो पटकको स्थानीय निर्वाचनमा पनि फेरि दोहो-याएको छ ।

जिल्लाको बूढीनन्दा नगरपालिका जनककुमार बोहरा हिमाली गाउँपालिकाका अजबहादुर मल्ल ,जगनाथ गाउँपालिकाको अध्यक्ष कालीबहादुर शाहीलाई यस पटकको स्थानीय निर्वाचनमा पनि फेरि दोहो-याएको छ ।

जिल्लाका ६९ वडापालिकामा  मध्ये केही वडापालिकामा यसभन्दा पहिले नै वडा अध्यक्षसहित सदस्यहरुको टुङ्गो लगाइसकेको र बाँकी रहेको वडापालिकामा पनि यसरी नै टुङ्गो लगाउँदै जाने नेकपा एमाले बाजुराले जनाएको छ ।