• १२ साउन २०८१, शनिबार

सहमति नदिँदा सडकको काममा समस्या

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ८ गते । काम रोकिएको १० महिनासम्म पुरातŒव विभागले काम गर्न सहमति नदिँदा सडक विस्तारमा समस्या भएको छ । अरनिको राजमार्ग विस्तार अन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेल सडकखण्डको साँगामा पुरानो ढुङ्गेधारो तथा इँटा फेला परेको भन्दै काम गर्न सहमति दिइएको छैन । विभागले सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई सडक विस्तारका व्रmममा क्षति पुगेको संरचना निर्माणका लागि सहमति नदिँदा सडकको काममा समस्या भएको हो । 

साँगादेखि धुलिखेलसम्मको सडकखण्डको काम सुरु गर्ने व्रmममा साँगामा पुरानो ढुङ्गेधारा र पुरानो इँटा भेटिएपछि काम रोक्न विभागमा निवेदन परेको थियो । निवेदन परेपछि विभागले सडक विस्तार गर्ने व्रmममा सम्पदा प्रभाव मूल्याङ्कन (हेरिटेज इम्प्याक्ट एसिस्मेन्ट) गरेर ती सम्पदाको रिलोकेसन (अन्यत्र व्यवस्थापन) गर्न निर्देशन दिएसँगै आयोजनाले सम्पदा प्रभाव मूल्याङ्कन गरेर करिब तीन महिनापहिले विभागमा प्रतिवेदन पठाए पनि अहिलेसम्म सहमति नपाइएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले तीन महिनापहिला नै विभागमा क्षतिग्रस्त संरचनाको स्थानान्तरण गर्न ड्रइङ, डिजाइन पठाए पनि सहमति नआएको बताउनुभयो । “विभागको सहमति नआउँदा साँगा क्षेत्रमा पर्खाल लगाउने, ड्रेन राख्ने तथा सडक ग्राभेलको काम गर्न सकेका छैनौँ,” खनालले भन्नुभयो । 

साँगा क्षेत्रमा सडक विस्तार गर्दा पुरानो नासिक मन्दिरमा समेत क्षति पुग्ने भएपछि विभागले उक्त स्थानमा सडक अन्यत्रबाट लैजान निर्देशन दिएपछि आयोजनाले उक्त स्थानमा सर्भिस लेनको चौडाइ घटाएको थियो । साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम भइरहँदा आयोजनालाई साँगादेखि धुलिखेलसम्मको क्षेत्रमा देखिएको कालो माटोका कारणसमेत सडक निर्माणमा थप चुनौती थपिएको छ । 

साँगादेखि धुलिखेसम्मै सडकमा कालोमाटो देखिएका कारण सडकको भारवहन क्षमता कमजोर हुने भएकाले सडकलाई कसरी बलियो बनाउने भन्ने चुनौती थपिएको इन्जिनियर खनालले बताउनुभयो । खनालले थप्नुभयो, “सडक विस्तारको काम सुरु भइरहँदा साँगादेखि धुलिखेलसम्मै कालो माटो पाइयो । यसअघि सडक बनाउँदा धेरै गहिरोसम्म ग्राभेल गरेको र कतिपय ठाउँमा एक पटक कालोपत्रे गरेर त्यसमाथि पुनः ग्राभेल गरेर कालोपत्रेसमेत गरेको पाइयो, अहिले हामीलाई कसरी सडक बलियो बनाउने भन्ने चिन्ता थपिएको छ ।”

उहाँले सडक विस्तारको विस्तृत परियोजना रिपोर्टमा सडकमा कालो माटो देखाए पनि उक्त रिपोर्टले देखाएको भन्दा धेरै मात्रामा कालो माटो पाइएको बताउनुभयो । खनालले कालो माटो भएको स्थानमा बलियो सामग्री हालेर बनाउनुका साथै कालो माटो निकालेर फाल्नुपर्ने अवस्था देखिएको बताउनुभयो । सरकारले आफ्नै लगानीमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक दुई खण्डमा विभाजन गरी विस्तारको काम गर्दै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको साढे सात किलोमिटर सडक सडक निर्माणका लागि भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँ र साँगादेखि धुलिखेलसम्मको साढे आठ किलोमिटर सडक निर्माणका लागि भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गरिँदै आएको छ । 

साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा हालसम्म २४ प्रतिशत र सूर्यविनायकदेखि साँगा सडकखण्डमा २१ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सडक विस्तारबापत लामा कन्स्ट्रक्सन प्रालिले ७४ करोड ७९ लाख रुपियाँ र आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभीलाई ६७ करोड ६१ लाख रुपियाँ भुक्तानी गरिएको आयोजनाले जनाएको छ ।