• १९ असार २०८१, बुधबार

केन्द्रीय अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य तीव्र

blog

चितवन समाचारदाता

चितवन, वैशाख १० गते । भरतपुर केन्द्रीय अस्पतालको नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष निर्माणको कार्य  तीव्र गतिमा अगाडि बढेको छ ।  ६०० भन्दा धेरै श-या रहेको भरतपुर अस्पतालको आकस्मिक कक्षमा १२ वटा मात्र श-या छन् । अस्पतालमा बिरामीको चापअनुसार अहिले रहेको आकस्मिक कक्ष कामचलाउका रूपमा मात्र रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. कृष्ण पौडेलले बताउनुभयो । साँघुरो भएका कारण अन्य थप सेवा त्यही स्थानबाट दिन कठिन हुने गरेको अस्पतालले जानकारी दिएको छ । “आकस्मिक कक्ष राम्रो नहुँदा सेवा दिन समस्या हुँदै आएको छ, अब निर्माण हुने इमर्जेन्सी कक्षबाट सेवा दिन सहज हुने छ,” पौडेलले भन्नुभयो ।  

अस्पतालको स्थापनाकालदेखि कामचलाउका रूपमा सञ्चालन हँुदै आएको आकस्मिक कक्षलाई मर्मत गर्दै चलाउँदै आएको थियो । अहिले भइराखेको ओपीडी भवनभन्दा पूर्वतर्फ निर्माणाधीन आकस्मिक भवनमा ५० वटा शøया रहने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिनुभयो । यो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदा आपत्कालीन प्रयोगशालासँगै अन्य सेवा पनि सुरु हुने उहाँले जानकारी दिनुभयो ।  

दैनिक दुई हजारभन्दा धेरै बिरामीलाई ओपीडी सेवा दिँदै आएको अस्पतालमा सीमित जनशक्तिले काम गर्न कठिन भएको उहाँले बताउनुभयो । ३०० शøयाका लागि दरबन्दी भएको अस्पतालमा ६०० श-या सञ्चालनमा छ । केन्द्रीय अस्पताल घोषणा गरे पनि सरकारबाट पाउनुपर्ने सुविधा नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । 

छ करोड ५० लाख रुपियाँको लागतमा निर्माणाधीन भवन आगामी असार महिनाभित्र अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको छ । तीनतले निर्माण हुने भवनको पहिलो चरणको निर्माण कार्य भुइँतलाको मात्र हुने अस्पतालका इन्जिनियर विपिन सापकोटाले जानकारी दिनुभयो । अर्को वर्षबाट बाँकी तलाको निर्माण गरिने भए पनि अहिले जमिन तलाको मात्र काम हुनेछ । असारमा सम्पन्न भएपछि आकस्मिक कक्ष यहीँबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

भरतपुर अस्पतालमा चितवन मकवानपुर, नवलपरासी, तनहुँसहितका जिल्लाबाट सेवा लिन आउने गर्दछन् ।