• ५ जेठ २०८१, शनिबार

भुवनलाई च्यालेन्ज गल्फ उपाधि

blog

गल्फ उपाधिसहित भुवन नगरकोटी । तस्बिर : एनपीजीए

काठमाडौँ, वैशाख ९ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सम्पन्न चारदिने ७२ होलको प्रतियोगितामा भुवनले कूल १३ अन्डर दुई सय ५९ खेल्नुभयो ।

अन्तिम दिन शुक्रबार भुवनले दुई अन्डर ६६ खेल्नुभएको थियो । उपाधिसँगै भुवनले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । भुवनको यो खेल जीवनको १०औँ उपाधि हो । कूल नौ अन्डर दुई सय ६३ खेल्नुभएका जयराम श्रेष्ठ दोस्रो हुनुभयो । उहाँले ६५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल ६ अन्डर दुई सय ६६ स्कोरका साथ सन्जय लामा तेस्रो हुनुभयो । उहाँको हातमा ४६ हजार रुपियाँ पुरस्कार पर्यो ।

एमेच्योरतर्फको उपाधि सुवास तामाङले जित्नुभयो । उहाँले कूल पाँच अन्डर दुई ६७ स्कोर खेल्नुभएको थियो । सुवास १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी हुनुहुन्छ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको रुपमा आयोजित प्रतियोगितामा प्रोतर्फ शीर्ष २१ मा रहने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गरे ।

कूल पाँच लाख ४५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको थियो । एमेच्योरतर्फका विजेतालाई ट्रफी प्रदान गरियो । विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर रजत थापा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।