• १३ साउन २०८१, आइतबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

blog

काठमाडौं, वैशाख ९ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । समितिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजेका लागि सरेको जानकारी दिनुभयो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितुिरमा बस्ने भएको छ । शनिबार बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।


यसैगरी, काँग्रेसका उपसभापति खड्काले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित “निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति”मा सदस्यहरु मनोनयन गर्नुभएको छ ।

केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा काठमाडौंका लागि किरण गिरी र गणेश केसी, धनकुटामा आनन्द सन्तोषी राई, धादिङ्गमा डिपी अर्याल, कैलालीमा डिपी उपाध्याय, सङ्खुवासभामा श्याम विश्वकर्मा, स्याङ्जामा दिलिपाश्री अधिकारी र सुनसरीमा मनोज चौधरी मनोनयन गरिएको छ ।  

त्यस्तै, काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसका पक्षमा तयार पारिएका चुनावी सामग्रीहरु सामाजिक सञ्जालमा बुष्ट तथा विज्ञापन जनता सामु पुर्याउन सूचना जारी गर्नुभएको छ ।

स्थानीय निर्वाचनलाई लक्षित गरी निर्माण गरिएका सामग्रीहरु (भिडियो)लाई सामाजिक सञ्जालका टिकटक, इन्टाग्राम, म्यासेन्जर, ट्वीटर, फेसबुक र युट्युवमार्फत दर्शक तथा स्रोतासामु छिटो पु¥याउन काँग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको पेजमा लिंक गरी पठाएमा विभिन्न माध्यमबाट विज्ञापन तथा बुष्ट गर्ने व्यहोरा सम्पूर्ण कलाकार तथा कलाप्रेमीहरुमा सूचित गरिन्छ हो ।

काँग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमिति संयोजक डी.बी. गुरुङ्गले सो कुराका जानकारी दिनुभयो ।