• १२ साउन २०८१, शनिबार

'जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं' : केकी अधिकारी

blog

काठमाडौं, वैशाख ९ गते । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिनुभएको छ । बिहीबार उहाँले व्यवसायी रोहित तिवारीसँग विवाह गर्नुभएको हो ।

विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी हुनुहुन्थ्याे । सामजिक सञ्जालमार्फत बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको जानकारी दिनुभएको छ । 

उहाँले लेख्नुभएको छ,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसहरुसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’