• १३ साउन २०८१, आइतबार

गठवन्धन विरोधी कुनैपनि गतिविधि नगर्न चितवन काँग्रेसको निर्देशन

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ९ गते । नेपाली काँग्रेस चितवनले गठवन्धनको मर्म विपरित कुनैपनि गतिविधि नगर्न पार्टीका कार्यकर्तालाई आग्रह गरेको छ । 

गठवन्धनको विपक्षमा उत्रेका जिल्लाका नेता तथा कार्यकर्तालाई पार्टीको केन्द्रीय निर्णय अनुसार जिल्लामा पक्षमा वातावरण मिलाउन अनुरोध गरिएको हो । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ ‘केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्दछु ।’ 

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै पार्टीहरु होमिएको अवस्था र नेपाली कांग्रेसले गठबन्धनलाई आत्मसाथ गर्दछ भनिएको छ । विज्ञप्तिमा केन्द्रको निर्देशन अनुसार अगाडि बढेन कुरालाइ ध्यानाकर्षण गर्दै नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार चितवनमा गठबन्धनलाई पूर्ण पालना गरि अगाडि बढ्ने कुराको  समेत जानकारी गराउन चाहन्छु बिज्ञप्ति भनिएको छ । 

भरतपुर महानगरपालिका भागण्डामा माओवादी केन्द्रलाई दिने पार्टी केन्द्रको निर्णयपछि जिल्लामा असन्तुष्टी भएको थियो । गत निर्वाचनमा पनि माओवादीलाई दिएको र यस पटक आफूले पाउनु पर्छ भन्दै जिल्ला सभापति सहित केन्द्रीय सदस्यहरु पार्टी सभापतिको ध्यानाकर्षण गराएका थिए । तर केन्द्रीय सभापति शेरवहादुर देउवाले भरतपुर महानगर माओवादीलाई दिएपछि जिल्लामा गठवन्धन विरोधी कार्य हुदै आएको थियो । जिल्लामा अहिले गठवन्धनका दलहरु बिच पालिका वाँडफाँडको विषयमा छलफल चलिराखेको छ । 

प्रारम्भिक छलफलमा जिल्लाको सातवटा पालिका मध्य भरतपुरमा प्रमुख माओवादी, उपप्रमुख काँग्रेस, माडी नगरपालिका माओवादी, रत्ननगर नगरपालिका काँग्रेस, कालिका नगरपालिका काँग्रेस, राप्ती नगरपालिका नेकपा एकीकृत समाजवादी, खैरहनी नगरपालिका काँग्रेसलाई दिने तयारी रहेको छ । इच्छाकामना गाउपालिका माओवादी केन्द्रले दावी गरेको छ भने २०७४ को निर्वाचनमा काँग्रेस विजयी भएको थियो ।